कृष्ण अधिकारीसित द्वन्द्वको के सम्बन्ध
थियो?
दुईपक्षबाट युद्ध गर्दा के उनि पनि बन्दुक
लिएर गएका थिए?
या उनले माओवादीको कुनै
क्षति पुर्याेएका थिए?
लमजुङका दुराडाँडा एक शिक्षक
मुक्तिनाथ अधिकारी कुन युद्धमा संलग्न
थिए? अर्घाखाँचीका भेषबहादुर
क्षेत्रीको हत्या कुन युद्धमा भएको हो?
दैलेखका पत्रकार डेकेन्द्र थापालाई
जिउँदै गाडिएको घटना कुन युद्धभित्र
पर्छ? सोलुखुम्बु
जिल्लाका विकासबाबु कार्र्की,
ललितबहादुर कार्की,
तारा कोइराला, भोजकुमार
बस्नेतको अपराध के थियो?
जुम्लाका हुमाकान्त हमाल कुन
युद्धमा मारिएका हुन्?
ओखलढुंगाका उज्जेन
श्रेष्ठका दाजुभाइलाई कुन
युद्धमा मारिएको हो?
यसरी ७५ जिल्लामा निर्दोष
मानिसहरू माओवादीबाट
मारिएका छन्। यो त
केही प्रतिनिधि पात्रको नाममात्रै
हो।
हरेक
जिल्लामा सयौंको संख्यामा द्वन्द्वसित
कुनै सरोकार नराख्ने तर
द्वन्द्वका विपक्षमा उभिएकाहरू
मारिएका छन्। एमाओवादीले भर्खरै
स्वीकार गरेको तथ्यांक अनुसार १५
हजार मारिए भने ३ हजार
बेपत्ता पारिए। बेपत्ता राज्यशक्तिबाट
मात्र पारिएको छ भन्ने पनि होइन।
हामीले बुझे, पर्यवेक्षण गरेअनुसार
माओवादीले बेपत्ता पारेका मानिस
पनि त्यत्तिकै संख्यामा छन्।
प्रश्न उठ्छ, कानुनले क्षमादान गर्ने
व्यवस्था गरे पनि एउटा सार्वभौम
नागरिकको जीवन
खोसिएको विषयलाई
अर्को नागरिकले कसरी स्वीकार गर्न
सक्छ?
मेलमिलापका नाममा सबैकुरा स्वीकृत
हुन्छ भन्ने त छैन। लुटिएको सम्पत्ति अहिले
पनि लुट्नेहरूले नै भोग गरिरहेका छन्।
अहिले पनि यो जारी छ।
राज्यकोषबाट
अथाहरूपमा रकमको अपचलन
गरेका घटना एकपछि अर्को उजागर हुँदैछन्।
आफ्नो चुनाव प्रचार र
पार्टी कार्यक्रममा घुम्दा चढेको सेनाको हेलिकोप्टरको पैसासमेत
हडप्नसक्ने माओवादीले कनकसँग सम्बन्धित
ट्रस्टलाई विदेशीले
दिएको सहयोगमा प्रश्न गर्ने हो भने
उनीहरूका यी सबै करतुतमा प्रश्न किन
नउठाउने?
थियो?
दुईपक्षबाट युद्ध गर्दा के उनि पनि बन्दुक
लिएर गएका थिए?
या उनले माओवादीको कुनै
क्षति पुर्याेएका थिए?
लमजुङका दुराडाँडा एक शिक्षक
मुक्तिनाथ अधिकारी कुन युद्धमा संलग्न
थिए? अर्घाखाँचीका भेषबहादुर
क्षेत्रीको हत्या कुन युद्धमा भएको हो?
दैलेखका पत्रकार डेकेन्द्र थापालाई
जिउँदै गाडिएको घटना कुन युद्धभित्र
पर्छ? सोलुखुम्बु
जिल्लाका विकासबाबु कार्र्की,
ललितबहादुर कार्की,
तारा कोइराला, भोजकुमार
बस्नेतको अपराध के थियो?
जुम्लाका हुमाकान्त हमाल कुन
युद्धमा मारिएका हुन्?
ओखलढुंगाका उज्जेन
श्रेष्ठका दाजुभाइलाई कुन
युद्धमा मारिएको हो?
यसरी ७५ जिल्लामा निर्दोष
मानिसहरू माओवादीबाट
मारिएका छन्। यो त
केही प्रतिनिधि पात्रको नाममात्रै
हो।
हरेक
जिल्लामा सयौंको संख्यामा द्वन्द्वसित
कुनै सरोकार नराख्ने तर
द्वन्द्वका विपक्षमा उभिएकाहरू
मारिएका छन्। एमाओवादीले भर्खरै
स्वीकार गरेको तथ्यांक अनुसार १५
हजार मारिए भने ३ हजार
बेपत्ता पारिए। बेपत्ता राज्यशक्तिबाट
मात्र पारिएको छ भन्ने पनि होइन।
हामीले बुझे, पर्यवेक्षण गरेअनुसार
माओवादीले बेपत्ता पारेका मानिस
पनि त्यत्तिकै संख्यामा छन्।
प्रश्न उठ्छ, कानुनले क्षमादान गर्ने
व्यवस्था गरे पनि एउटा सार्वभौम
नागरिकको जीवन
खोसिएको विषयलाई
अर्को नागरिकले कसरी स्वीकार गर्न
सक्छ?
मेलमिलापका नाममा सबैकुरा स्वीकृत
हुन्छ भन्ने त छैन। लुटिएको सम्पत्ति अहिले
पनि लुट्नेहरूले नै भोग गरिरहेका छन्।
अहिले पनि यो जारी छ।
राज्यकोषबाट
अथाहरूपमा रकमको अपचलन
गरेका घटना एकपछि अर्को उजागर हुँदैछन्।
आफ्नो चुनाव प्रचार र
पार्टी कार्यक्रममा घुम्दा चढेको सेनाको हेलिकोप्टरको पैसासमेत
हडप्नसक्ने माओवादीले कनकसँग सम्बन्धित
ट्रस्टलाई विदेशीले
दिएको सहयोगमा प्रश्न गर्ने हो भने
उनीहरूका यी सबै करतुतमा प्रश्न किन
नउठाउने?
No comments:
Post a Comment